काठमाडौं । भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ।
औषधि व्यवस्था विभागले मंगलबार एक सुचना जारी गर्दै खोकीको औषधिको बिक्री वितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो।
यस्ता घटनाहरु विगतमा पनि भई सकेकोले त्यसप्रति विभाग पहिले नै सचेत रहेको जानकारी दिएको छ ।
साथै विभागले नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्दा इथिलीनग्लाइकोल र डाइथिलीनग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ ।
विभागले सम्बन्धित सबै पक्षलाई यस विषयमापुनः सचेत रहन निर्देशन दिएको छ । आवश्यक गुणस्तर परीक्षण गर्न निम्न वमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको छ ः
१. औषधि उत्पादकका लागि :
कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ता हरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुहुन उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि वमोजिम परीक्षण गरे पश्चात मात्र उत्पादन तथा विक्री वितरण गर्नुहुन
२. औषधि आयात कर्ताका लागि :
नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको मिसावट नभएको सुनिश्चित गरे पश्चातमात्र आयात तथा विक्री वितरण गर्नुहुन
३. फार्मेसीहरूका लागि :
विभागमा दर्ता भएका औषधिहरु मत्र विक्री वितरण गर्नुहुन
४. चिकित्सकहरुका लागि :
ीवभागमा दर्ता भएका औषधिहरु मात्र गर्नुहुन
.दुई वर्ष वा सो भन्दाकम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको
आधारमा मात्र सिफारिस गर्न गराउनु हुन
५. सर्वसाधारणका लागि :
बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुहुन
विभागमा दर्ता भएका औषधिहरु मत्र प्रयोग गर्नुहुन
औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्नुहुन