चिठ्ठा प्रक्रियाबाट इजरायलले छान्यो २२०० नेपाली कामदार

इजरायलमा केयरगिभरका क्षेत्रमा काम गर्ने नेपाली कामदारहरु चिठ्ठा प्रक्रियाबाट छानिएका छन् । कुल २२०० जना कामदार चिठ्ठा प्रक्रियाबाट छनौट गरिएको छ । यसरी चिठ्ठा प्रक्रियाबाट कामदार छनोट गर्दा पूर्ण पारदर्शिता होस् भन्ने हिसाबले प्रत्यक्ष प्रसारणबाट कामदार छानिएको छ । कार्यक्रम इजरायलको जेरुसेलममा रहेको जनसंख्या र अध्यागमन प्राधिकरणको कार्यालयमा भएको थियो भने कार्यक्रममा अध्यागमन प्राधिकरणका प्रमुख अधिकारीहरूको सहभागितामा रहेको थियो ।


छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न नेपालस्थित इजरायलको दूतावास, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीहरु समेत प्रत्यक्ष प्रसारणमा सामेल भएका थिए ।
छानिएका कामदारहरुको अन्तिम चरणको मेडिकल चेकअप हुनेछ । शारीरिक रूपमा फिट भएकाहरुले सेप्टेम्बर देखि कामदारको रुपमा इजरायल जान पाउने छन् ।

Spread the love