काठमाडौँ । ताजा अपडेट डट कमको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा. शरत सिंह भण्डारीसंग भेट ,गरी विविध विषयमा छलफल गरेको छ । मङ्गलबार सिंहदरबार स्थित मन्त्रालयमा ताजा अपडेटका कार्यकारी निर्देशक एवं स्टार्टअप हब नेपालका प्रमुख एवं साउथ एसिया रिजनल हेड डा.शम्भु पोखरेल, ताजा अपडेटका निर्देशक भेसराज पोखरेल लगायतको प्रतिनिधि मण्डलले माननीय मन्त्रीज्यूसँग भेटघाट गरेको थियो। छलफलका क्रममा फागुन २६ र २७ गते काठमाडौँमा हुन लागेको राष्ट्रिय रोजगार सम्मेलन, वैदेशिक रोजगार व्यवसाय र यसमा देखिएका समस्या, चुनौती, रिटर्नीहरूको सिप,अनुभव र पूँजीको सदुपयोग, स्वदेशमै रोजगारी सिर्जना लगायतका विषयहरूमा केन्द्रित रहेको थियो ।
त्यस क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुका साथै स्वदेशमै उद्यमशीलता र रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई मन्त्रालयले गम्भीरताका साथ हेरेकोे जानकारी दिनुभयो । मन्त्री भण्डारीले फागुन २६ र २७ गते हुने राष्ट्रिय रोजगार सम्मेलनमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्टार्टअप हब नेपालसँग सहकार्य र समन्वय गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो ।