काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगनप्रति लोकतान्त्रिकको संस्थापन पक्ष असन्तुष्ट रहेको छ । व्यवसायीहरुको हकहितका लागि निर्वाचन अपरिहार्य भएको लोकतान्त्रिकका बैदेशिक रोजगार व्यवसायी एसोसिएशनका भुवन गुरुङले बताए । “स्वच्छ प्रतिस्पर्धात्मक निर्वाचनबाट डराएर सिन्डिकेट धारीहरुले निर्वाचन स्थगन गर्ने षडयन्त्र गरेका छन् । आवधिक निर्वाचन रोकिने कुरै हुंदैन । निर्वाचन स्थगित भएको आधिकारिक सूचना कही कतै आएको छैन । छिटै निर्वाचन हुने र निर्वाचनमा सिन्डिकेट धारीहरु परास्त हुनेछन्”भुवन गुरुङले भने ।
उनले भने “एक महिनाभित्र निर्वाचन हुन्छ, निर्वाचनमा व्यवसायिक हकहित पक्षधरहरुको विजय हुने छ, त्यसैले सम्पूर्ण व्यवसायीहरलाई नआत्तिन र धैर्य गर्न आग्रह गर्दछु । ”