निर्वाचन स्थगित गर्ने निर्णयको विरोधमा वैदेशिक रोजगार व्यवसायी संगठनहरुको दबाब मुलक कार्यक्रमहरु जारी

 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले फागुण २ गतेको निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि त्यसको विरोधमा विभिन्न वैदेशिक रोजगार व्यवसायी संगठनहरुले दबाबमुलक कार्यक्रमहरु जारी राखेका छन् । मंगलबार काठमाडौंको सामाखुशीमा ४ संगठनहरुले संयुक्त सभा गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई वैदेशिक रोजगार व्यवसायी समाज,वैदेशिक रोजगार व्यवसायी एकता समाजले संयुक्त भेला आयोजना गरी हस्ताक्षर कार्यक्रम जारी राखेका हुन् ।
उक्त कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष हरि पाण्डे, तराई वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेन,लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव महेश बस्नेत लगायतका बक्तहरुले माग ६ गतेदेखि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अवधि समाप्त भई अवैधानिक भइसकेकोले निर्वाचनको विकल्प नरहेको बताए । निर्वाचन स्थगित गर्ने निर्णय प्रजातान्त्रिक मुल्य र मान्यता विपरित रहेको उनीहरुको आरेप छ ।
निर्वाचन तोकिएको समयमै गर्नुपर्ने माग गर्दै संयुक्त व्यवसायीहरुको समुहले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

Spread the love