नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी

काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ। बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्मपुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ।
यो उपलब्धि चेतक ईभीको ‘हाइ अल्टिच्युड एन्ड्युरेन्स टेस्ट’अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत काम गर्न सक्ने क्षमताको प्रमाण दिएको छ।
नेपालका चुनौतीपूर्ण सडक, कम अक्सिजनयुक्त उच्च भू–भाग, चिसो मौसम र उकालो चढाइ पार गर्दै चेतक ईभीले कोरला सिमा सम्मको कठिनयात्रा तय गरेको हो ।यस यात्राले बजाज चेतकको ‘लाइफप्रूफ’ब्रान्ड चिनारीलाई थप मजबुत बनाएको छ ।
कोरला सीमासम्मको साहसी यात्रापछि, बजाज चेतक ईभी नेपालकै सबैभन्दा भरपर्दो र सक्षम इलेक्ट्रिक टु–ह्विलरको रूपमा स्थापित भएको छ।

Spread the love