पानीको संरक्षण गर्न जनसमुदायमा कार्यान्वयन गर्ने गरी नीति बनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निणर्यहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको छ । बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा जल सम्बन्धी विभिन्न क्षेत्रका विज्ञहरुसँग पानीको संरक्षणको विषयमा छलफल गर्दै पानीको संरक्षण गर्ने सम्बन्धमा भएका निणर्यहरु समयमा नै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको हो । उहाँले सरकारले पानी संरक्षण गर्ने निणर्य गर्ने तर कार्यान्वयनमा समस्या भएको बताउनु भयो । राष्ट्रपति भण्डारीले पानीको संरक्षणको लागि पाइला पाइलामा काम गर्न समस्या देखिएको भन्दै तल्लो तहबाट नै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले काठमाडौं उपत्यकाको भुमिगत पानी संरक्षण गर्न सके मात्रै पनि काठमाडौंमा पानीको अभाव कम हुने बताउनु भयो । अहिले नेपालमा पानीको प्रशस्त श्रोत हुँदाहुँदै पनि अन्य श्रोतको भर पर्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले पानी संरक्षण कार्यान्वयन गर्ने विषय सरकारको मात्रै नभएर जनसमुदाय पनि लाग्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारले पानीको संरक्षण गर्न जनसमुदायमा कार्यान्वयन गर्ने गरी नीति बनाउनु आग्रह गर्नु भयो। उहाँले सरकारले दिगो विकासको लक्ष्य हासिल गर्नको लागि जनसमुदायलाई पनि सँगै लानु पर्ने बताउनु भयो । पानी संरक्षणको कार्यान्वयनमा लाने कुरामा विश्वविद्यालयहरु कमजोर भएको औल्याउनु भयो । शितल निवाशमा भएको छलफलमा विज्ञहरुले सरकारको नीति र काम गराई फरक परेकोले नतिजा नआएको बताएका थिए । सरकार टुक्रा योजना र कार्यक्रममा मात्र केन्द्रित भएकोले पानी संरक्षण र दीगो उपयोगमा दीर्घकालीन सोच र योजना नै बन्न नसकेको बताए ।

Spread the love