बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिनाअघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवात सँगै कार्यान्वयन प्रकृया अघिबढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि कामसुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो ।
थालिएका योजना तथा आयोजनामा हुने ढिला सुस्ती अन्त्य गर्नुपर्ने भन्दै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह समेत गरे ।

Spread the love