भारत र चीनले नेपालको भूमिबारेको सम्झौता विरुद्ध उभिन गगन थापाको आब्हान

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमती प्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् ।
उनले दुई छिमेकीहरुले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्ति जनक रहेको पनि बताए ।
थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहल कदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।
महाकाली नदी पूर्वका लिम्पिया धुरा, लिपुलेक र कालापानी क्षेत्र मार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुनेमा थापाको जोड छ ।

Spread the love