काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ।
भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारणसो दुर्घटना भएको हो। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिजनामको सो डुङ्गापल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।
उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शवमध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ।