फागुन १७,काठमाडौं । मंगलबार सुनको मुल्यमा ६ सयले गिरावट आएको छ ।
सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९७ हजार ६ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सयमा कारोवार भइरहेको छ ।
मंगलबार चाँदीको मुल्यमा ५ रुपैँयाले गिरावट आएको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य मंगलबार प्रतितोला १ हजार ३ सय ३५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

