काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए।
उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुले आफूहरुको घर जलाएको बताए ।
उनले आन्दोलनमा केही व्यक्तिहरू ‘मतियार’ का रूपमा प्रयोग भएको दाबी गर्दै बालेन शाहले पछि आन्दोलनमा सहभागीहरूलाई त्यागेको टिप्पणी गरे ।