‘मोवाइल ग्यारेज एप’ सार्वजनिक : गाडी विग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

काठमाडौं । सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोवाइल ग्यारेज एप’ लन्च भएको छ ।
शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गरी मोवाइल ग्यारेज नामक एप उद्घाटन गरेको हो ।
एप समूदाय केन्द्रित डिजिटल प्लेटफम हो, जसले सवारी धननीहरुलाई लक्षित गरि सेवा दिने गर्छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप उद्घाटन कार्यक्रममा बोल्दै नेपालका जुनसुुकै सडक सञ्जालमा यात्रा गरिरहेको समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरु पुग्ने बताए ।
गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए ।
साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढि नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए।
यस्तै कार्यक्रमका बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुवेदीले
व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।
उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।

Spread the love