काठमाडौँ। प्याराडाइज इन्टरनेसनल प्रा. लि.फागुन महिनाको उत्कृष्ट प्रथम मेनपावर कम्पनी भएको छ । प्याराडाइज इन्टरनेसनल प्रा. लि.ले फागुन महिनामा मात्र ९६५ कामदार पठाएर प्रथम भएको हो । प्याराडाइजले फागुन महिनामा सबैभन्दा धेरै कामदार पठाएको छ ।
एसओएस मेनपावर सर्भिस प्रा. लि दोस्रो भएको छ । एसओएस ले फागुन महिनामा मात्र ९६४ कामदार पठाएर उत्कृष्ठ दोस्रो भएको हो । एसओएस मेनपावरले गत माघ महिनामा सबैभन्दा धेरै कामदार पठाएर उत्कृष्ट प्रथम भएको थियो ।
उत्कृष्ट तेस्रो स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रा. लि. रहेको छ । नीलकमल ह्युमन रिसोर्सले फागुन महिनामा मात्र ६०८ जना कामदार पठाएर उत्कृष्ट तेस्रो भएको हो ।
क्रमशः उत्कृष्ट १० मेनपावरहरु
– प्याराडाइज इन्टरनेसनल प्रा. लि. ९६५
– एसओएस मेनपावर सर्भिस प्रा. लि. ९६४
– नीलकमल ह्युमन रिसोर्स प्रा. लि. ६०८
– अल अस्मास कम्पनी प्रा. लि. ४९८
– प्रिमियम ह्युमन रिसोर्स प्रा. लि. ३६८
– लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि. ३५७
– सान नेपाल प्रा. लि. ३३९
– गल्फ मेनपावर सर्भिस प्रा. लि. ३३९
– दि रिभर ओभरसिज प्रा. लि ३३२
– एसिया लिंक सर्भिस प्रा. लि ३२३