नेपाल काठमाडौं। वुमन्स डेमहिलाटी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् ।
बुधबार बिहान चार राष्ट «सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपाल सहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए।
विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताईन् ।
यस्तै, नेपाली महिला क्रिकेट टोलीका कोच मनोज कटुवालले खेलको क्रममा भएका साना साना गल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् ।
नामिबिया सँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो। हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।