लोकतान्त्रिक एसोसिएसनले उम्मेद्वारी घोषणा गर्ने

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन सम्बन्धी सर्मागर्मी बढेको छ । चैत २९ गते तोकिएको निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले उम्मेद्वारी घोषणा सभा आयोजना गरेको छ। लोकतान्त्रिक एसोसिएसनले चैत १७ गते आइतबार अपरान्ह काठमाडौँको गौशाला स्थित अनुपम फुडल्याण्डमा उम्मेदवार घोषणा सभा आयोजना गरेको हो । उम्मेदवार घोषणा सभामा यसअघि अध्यक्षको उम्मेदवार रहेका भुवन सिंह गुरुङको नेतृत्वमा नै सर्बसम्मत उम्मेदवार चयन गरिएको लोकतान्त्रिक एसोसिएसनले जनाएको छ ।
फागुन २ गते हुने भनिएको निर्वाचन वैदेशिक रोजगार व्यवसायी संघले स्थगित गरेपछि लोकतान्त्रिक व्यवसायी एसोसिएसन लगायत विभिन्न संघ संस्थाहरुले निर्वाचन यथाशीघ्र हुनुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन, विरोधसभा लगायतका दबाव मूलक कार्यक्रम गरेका थिए । मूल कार्यक्रम पश्चात जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई बोलाई छलफल गराई यथाशिघ्र निर्वाचन गर्न निर्देशन गरेपछि चैत २९ गते निर्वाचन मिति तोकिएको थियो ।

Spread the love