शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।
शैलुङका साथै जिल्लाक अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोला खर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावा साङ्बु शेर्पाले जानकारी दिए। मंगलबार बाट शैलुङमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।
हिउँ परेपछि बालीनाली राम्रो उत्पादनहुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।

Spread the love