सरकार मुलुकलाई थप संकटमा पुर्याउन अग्रसर छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् ।
शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन् ।
उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे ।
उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ ।’
नेता पोखरेलले जेनजीको आवरणमा सत्तामा पुगेको सरकारले राजनीतिक दलहरुको वेवास्था गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले नेपालको राजनीतिक इतिहासमा हरेक राजनीतिक आन्दोलन पछिको व्यवस्थापनको सन्दर्भमा पूरानो शासन व्यवस्थामा रहेका व्यक्तिहरुलाई समेत शान्तिको प्रक्रियामा ल्याउने काम हरेक पटक भएको पनि स्मरण गरे ।

Spread the love