सुनको मुल्य घट्यो ,चाँदीको मुल्य बढ्यो

साउन २०,काठमाण्डौ । बुधवार सुनको मुल्यमा  ३ सयले गिरावट आएको छ । मङ्गलवार प्रतितोला ९२ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दी भएको छ । मङ्गलवार प्रतितोला १ हजार २ सय ७५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love