१०० को सिन्डिकेट हटाउन दौडधुप

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ १०० को सिन्डिकेट हटाउन दौडधुपमा लागेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी महासचिव मेघनाथ भुर्तेल लगायत संघका पदाधिकारीहरु सिन्डिकेट हटाउन दौडधुपमा लागेको हो । सो समूहले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, संघीय संसदका महासचिव पदम प्रसाद पाण्डे लगायतसँग भेटेर १०० को सिन्डिकेट हटाउन माग गरेका हुन् ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (घ) मा प्रत्येक आर्थिक वर्षको असार मसान्तमा नवीकरण गराउनुपर्ने र नवीकरण गराउँदा वार्षिक सय जना कामदार पठाएको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ । गतवर्ष मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ आदेश जारी गरी १०० कामदार विदेश पठाउन नसकेका मेनपावरको इजाजत नवीकरण गर्ने व्यवस्था गरेको थियो ।
सय जना कामदार पठाएको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधानका कारण गतवर्ष ४०० भन्दा बढि मेनपावरहरुलाई गत वर्ष नवीकरण गर्न समस्या गरेको थियो । मलेशिया खुल्न नसकेका कारण यस वर्ष पनि १०० को समस्या अझ बढ््ने देखिएको छ ।
अर्को तर्फ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संघ,वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, र तराई वैदेशिक रोजगार व्यवसायी समाज,वैदेशिक रोजगार व्यवसायी एकता समाज लगायतका व्यवसायीक संगठनहरु संघको निर्वाचन स्थगन गरिएको विरोधमा आन्दोलनमा छन् । तिनीहहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अवैधानिक भइसकेकोेले संघका कार्यक्रमहरु तत्काल रोकी निर्वाचन गर्नुपर्ने र निवाचित समितिले संघका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने माग गदै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

Spread the love