सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलवारबाट हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरियता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।
काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लवको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन् ।
मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here