अनलाइन डेलीभरी सेवा र टेक अवे सेवा दिउसो १२ बजेपछि मात्रै सञ्चालन गर्न पाइने

अनलाइन डेलीभरी सेवा र टेक अवे सेवा दिउसो १२ बजेपछि मात्रै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने भएको छ । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वस्थइ मापदण्ड पुरा गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने, भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने तथा फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु सोमबार र बुधबार मात्र खोलन पाइने नियम लगाइएको छ । फुटपाथ पसल, ठेला ब्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक्स पसल र डिपार्टमेन्टर स्टोरहरु भने विहान ११ बजेबाट सम्म र बेलुकी ४ बजेटदेखि ७ बजेसम्म खोल्न सकिने निर्णय प्रशासनले गरेको छ ।

Spread the love