अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भदौ १,काठमाडौं ।  अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

अमेरिकी एयरफोर्सले उनीहरुलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले  बताएको छ ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

Spread the love