अर्थतन्त्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः उद्योगमन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो। उहाँले व्यापार व्यवसायमा आएको संकुचनको कारण राजश्व संकलनमा समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको बताउनु भयो। उहाँले आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ल्याउने बताउनु भयो।
उहाँले निजी क्षेत्रले उठाएको मर्यादा क्रमको मागमा सरकार गम्भिर रहेको पनि बताउनु भयो। उहाँले सरकार रोजगारी सिर्जना,राजश्व संकलनको कमी लगायतका विषयमा संवेदनशिल रहेको बताउनु भयो ।

Spread the love