अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारीमा छु ः प्रधानमन्त्री

 

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।उनले बिहीबार राष्ट्रिय व्यावसायिक पहलको आयोजनामा काठमाडौंमा सुरु भएको जिम्मेवार व्यवसाय सम्मेलनको चौंथो संस्करण उद्घाटन गर्दै अर्थतन्त्रमा सुधारका लागि वृहत बैठक गरी नयाँ घोषणाको तयारी गरिरहेको बताएका हुन्।
बुधबार मात्र शासकीय सुधारका विषयमा बृहत छलफल गरेको भन्दै उनले यो क्षेत्रमा केही नयाँ गर्न सकिए त्यसको प्रभाव अर्थतन्त्रमा पनि पर्ने बताए ।
हामीसँग भएका सकारात्मक सम्भावना हेरेर आशा जगाउने तर्फ सबै लाग्ने हो भने नेपाल धेरै सम्भावना छ ः उनले भने ।
त्यस्तै उनले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे । ‘नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउँनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ ।’

Spread the love