अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिदैछ । त्यसअघि नै उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । संवैधानिक ब्यवस्था अनुसार, संसद नरहेको ब्यक्ति मन्त्री हुन पाउदैन। संवैधानिक ब्यवस्था अनुसार नै राजीनामापछि पुन मन्त्री बन्न सकिन्छ। संसद नरहेको अवस्थामा पनि फेरि सपथ ग्रहण गरेर ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था छ।
खतिवडा अहिले अर्थका साथै सञ्चार मन्त्रीसमेत छन् । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका उनी अवकाशपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। आयोग उपाध्यक्ष हु”दाह”ुदै उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए। उनले पुन मन्त्री पदको सपथ ग्रहण गर्दैछन्।

Spread the love