असार १५ः राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस मनाईदै । आज दहि च्युरा खाने दिन ।

“जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारा सहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाईदैछ । “मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउदै छन् ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता किसान छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ साल देखि हरेक बर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । असार १५ गते हरेक नेपाली समाजका लागि एउटा राष्ट्रिय सांस्कृतिक पर्व बन्न पुगेको छ ।

Spread the love