आगामी आर्थिक वर्षका लागि नया बजेट पेश गर्न सरकारसग माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गर्नु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उहाँले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताउनु भएको हो । सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निणर्य अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिनु भयो ।
उहाँले काँग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानवीन गर्नुपर्ने जिकीर समेत गर्नु भयो । उहाँले भक्तपुरको दुवाकोटा र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

Spread the love