आज विश्व जनसंख्या दिवस,विविध कार्यक्रम गरिदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा आज (जुलाई ११)लाई विश्व जनसंख्या दिवसका रुपमा विशवभरी मनाइएको छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निणर्यसंगै सन् १९९० देखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउन गरिएको छ । नेपालमा पनि विश्व जनसंख्या दिवसका अवसरमा आज(मंगलबार) विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।
बढ्दो जनसंख्याकै कारण पर्यावरण, विकास लगायतका विभिन्न क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ राष्ट्रसंघले यो दिवस मनाउने निणर्य गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, अहिले विश्वको जनसंख्या आठ अर्ब पुग्नु संख्यात्मक ल्याण्डमार्क भएपनि, अवसरसहितको सम्मानित र पूणर् जिवन विताउने अवस्थाको सिर्जना गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार हजारौं वर्षमा १अर्ब पुगेको विश्वको जनसंख्या पछिल्लो २ सय वर्षमा सात गुणाले बढेको छ । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो त्यो संख्या बढेर २०२१ अर्थात् एक दशकमा ७ दशमलव ९ अर्ब पुगेको थियो । यो संख्या सन् २०३० मा करिव ८ दशमलव ५ अर्ब पुग्ने आंकलन गरिएको छ । २०५० मा ९ दशमलव ७ र सन् २१०० मा यो संख्या १० दशमल ९ अर्ब पुग्ने अनुमान छ ।
जनसंख्या वृद्धि संगै पछिल्लो समयमा उत्पादनको दर र जीवन संचालन खर्चमा व्यापक फेरवदल आएको छ । सन् १९७० सम्म महिलाले औसतमा ४ देखि ५ जना बच्चा जन्माउने गरेका थिए । त्योसंख्या घटेर सन् २०१५ विश्वमा औसत बच्चा उत्पादन दर २ दशमलव ५ कायम भएको छ ।

सन् २१०० मा जनसंख्या १० अर्ब ९० करोड पुग्ने
काठमाडौं । सन् २१०० मा विश्वमा जनसंख्या १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसंख्या कोषका अनुसार सन् २०३० मा विश्वको जनसंख्या साढे ८ अर्ब र सन् २०५० मा ९ अर्ब ७० करोड पुग्ने अनुमान गर्दै सन् २१०० मा १० अर्ब ९० करोड जनसंख्या पुग्ने अनुमान गरेको हो । विश्वमा २० औं शताब्दीको मध्यपछि जनसंख्या तीव्र गतिमा बढेको थियो । सन् १९६५ देखि १९७० को बीचमा सबैभन्दा धेरै प्रतिवर्ष २.१ प्रतिशतको दरमा जनसंख्या बढेको थियो । सन् १९५० देखि २०२० मा विश्वको जनसंख्या ३ गुणा बढेको हो ।
तीव्र शहरीकरण, बसाइँ सराइँले जनसंख्या बढिरहेको जनाइए पनि पछिल्ला केही दशकको तुलनामा प्रजनन् दर भने घटेको देखाएको छ । सन् १९७० को दशकको सुरुमा विश्वमा एक महिला बराबर औसतमा ४.५ वटा बच्चा हुन्थे । तर, सन् २०१५ मा यो घटेर प्रति महिला २.५ भन्दा कम बच्चा हुन्छन् । सन् १९९० को दशकमा मान्छेको आयु ६४.५ वर्ष थियो, त्यो बढेर सन् २०१९ मा ७२.६ वर्ष पुगेको छ । सन् २००७ मा ग्रामीण क्षेत्रमा बस्ने भन्दा शहरी क्षेत्रमा बस्ने धेरै भएका थिए । सन् २०५० सम्ममा विश्वका ६६ प्रतिशत मानिसको बसोबासा शहरी क्षेत्रमा हुनेछ ।
बढ्दो शहरी बसाइसँगै विश्वमै जन्मदर घट्दै गएको छ । बढ्दो जनसंख्याकै कारण पर्यावरण तथा विकाससहितका क्षेत्रमा पार्नसक्ने असरलाई कम गर्न विश्व जनसंख्या दिवस मनाइ रहँदा केही वर्ष यता जन्मदर भने घटेको तथ्याङ्कले देखाएको छ । गाउँ छोडेर शहरको बसाइले तीब्रता पाउँदै गएसँगै नेपालसहितका देशहरूमा जनसंख्या बृद्धि दर स्थिर रहेपनि अन्य देशहरूमा जन्मदर घटेको देखिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २००७ मा सबैभन्दा पहिले गाउँमा भन्दा शहरमा बस्ने मानिसको संख्या बढी देखिएको थियो । त्यो संख्या अब बढेर सन् २०५० सम्म ६६ प्रतिशत जनसंख्या शहरमा बस्न पुग्ने अनुमान गरेको छ ।
नेपालमा पनि शहरी बसाइको क्रम दिन प्रतिदिन बढ्दै गएको छ । तर, प्रजनन् दरमा भने स्थिर रहेको तथ्यांकहरूले देखाएको छ । १९६८ मा भएको पहिलो जनगणना नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो ।तर, त्यो अहिले (२०७८ को तथ्यांकलाई आधार बनाउँदा) २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
विश्वसमा अहिले ६५ प्रतिशत जनसंख्या १६ देखि ६४ वर्ष उमेरका छन् भने ६५ वर्षभन्दा माथिका १० प्रतिशत तथा १४ वर्षभन्दा मुनिका २५ प्रतिशत छन् ।

Spread the love