आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने मन्त्री आलेको दावी

पुस ४,काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताउनु भएको छ ।

मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिनु भयो ।  काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराउनु भयो ।

मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रशंशा पनि गर्नु भयो । कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताउनु भयो । उहाँले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताउनु भयो ।कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

Spread the love