आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्याःकुमार दाहाल

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन् ।
मंगलबार एक कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनिकरणका लागि आयातलाई व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालमा सुनका उद्योग नभएकोले पनि सुन व्यवसायमा समस्या आएको बताए ।
यस्तै, परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियम जस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।

Spread the love