आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न सात संवैधानिक आयोगको माग

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरुले आ-आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका छन् । भेटपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्युन भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो ।
आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता गर्नुभएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो ।

Spread the love