आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्नेछः नवनियुक्त अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । पदभार ग्रहणपछि उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक निरासा हटाउन राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री महतले उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन निरासालाई आशामा बदल्ने बताएका छन्।

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।

Spread the love