ईलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट

काठमाडौं । ईलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट
भएको छ । ईलामको माईजोगमाई गाउँपालिका-२ खोल्ने बस्ने ४६ वर्षीय मनोज राई र सिन्धुलीको तिनपाटन गाउँपालिका-९ आमबोटे बस्ने कासिनाथ सापकोटाको घरमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार राईको खुसी डेरी उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ३४ लाख ६२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र सापकोटाको घरमा विद्युत सर्ट भई घर र गोठमा आगलागी हुँदा करिब ७ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Spread the love