काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।
पछिल्लो तीनदशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।
अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको मागहुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए ।
सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् ।
‘पार्टीले देश सन्चालन गर्ने हो ।दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन । त्यही भएर अर्थतन्त्रपनि त्यही बाटोमा गएको छ । अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हातपार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन । कसैले बैकं खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ । निजी बैकंहरु र वित्तिय संस्था स्थापना गर्ने होइन । बैंकहरु राज्यकै स्वामित्वको मात्रै हुनुपर्छ,’ उनले भने ।