काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार, नवनियुक्त सीईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ ।
उनी वित्तीय तथा बैंकिङ क्षेत्रमा अनुभवसहित संस्थाको नेतृत्व सम्हाल्न आएका हुन् । सञ्चालक समितिले संस्थाको सेवा विस्तार, वित्तीय सुदृढीकरण र रणनीतिक विकासलाई थप प्रभावकारी बनाउन नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।
एनएमबि लघुवित्तले ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकलाई लक्षित गर्दै वित्तीय पहुँच विस्तार गर्दै आएको छ । नयाँ नेतृत्वसँगै संस्थाले प्रविधिमैत्री सेवा, ऋण प्रवाह व्यवस्थापन तथा समग्र संस्थागत सुशासनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

