एनएसएलको दोस्रो संस्करणमा विरगंज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा विरगंज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै टिम पहिलो जितको खोजीमा मैदान उँत्रिदै छन् ।
वीरगन्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो । चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो । चितवनले पहिलो खेलमा धनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा भने काठमाडौं रेजर्ससँग चितवनले १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ । लगातार दोस्रो जित निकालेको धनगढी एफसी तालिकाको शीर्ष स्थानमा रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ ।

Spread the love