एन आई सी एशिया बैंकद्धारा ५ लाख बराबरको खाद्यान्न सामग्रीहरु वितरण

लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई राहत मिल्ने विश्वास

एन आई सी एशिया बैंकले ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत मिल्ने बैंकको विश्वास छ ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ग्राहक सहायता केन्द्र हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिड. सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरुलाई विद्युतीय माध्यमबाट बैंकिड. आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको छ । कोरोनासँगको लडाई, बैंकिड. गरौं घरबाट एक पाइला नबढाई भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिड. जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ

Spread the love