काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रियहुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् ।
उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टी प्रतिको आस्था,विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदा हुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् ।