एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।
बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ ।
एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ ।
यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

Spread the love