काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।
यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भएपनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान(एयर फोर्सवनको)का रूपमा प्रयोग हुनेछ ।
यो विमानलाई एयर फोर्सवनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भएपनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहार स्वरूप दिइएको यो विमानको अनुमानित मुल्य चार सय मिलियन डलर रहेको छ ।