कस्तो थियो नेपालको पहिलो बजेट ?

अहिले आगामीआ.व. ०८२/ ०८३ का लागि बजेटको तयारी गरिदै छ । यतिबेला सबैको ध्यान बजेटतर्फ आकृष्ट भएको छ । विशेष गरी बैंक, वित्तीय तथा प्राइभेट सेक्टरले निकै चासोका साथ हेरिरहेका छन् । चालु आ.व. ०८१/ ०८२ को बजेट रु. १८ खर्व, ६० अर्व, ३० करोड रहेको छ । नेपालमा बजेटको इतिहास धेरै लामो छैन । बजेटले आठौं दशक यात्रा गर्दैछ । नेपालको पहिलो बजेट वि.सं. २००८(सन् १९५१)मा प्रस्तुत गरिएको थियो। १०४ वर्षै जहानीया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि पहिलो पटक बजेट प्रस्तुत भएको हो । नेपालका पहिला अर्थमन्त्री सुवर्ण शम्शेर राणाले बजेट प्रस्तुत गरेका थिए । पहिलो बजेट वि.सं. २००८ साल माघ ७ गते (तदनुसार सन् १९५२ जनवरी २० तारिख) मा प्रस्तुत गरिएको थियो। बजेटको कुल रकम (total ceiling) करिब ५करोड रुपैयाँ थियो।वि.सं.२००८ सालको बजेटले नेपालको आधुनिक आर्थिक इतिहासको सुरुवात गरेको हो।
पहिलो बजेटका मुख्य विशेषताहरू
– बजेट साधारण र सरल थियो, मुख्यतः देश पुनर्निर्माणमा केन्द्रित
– पूर्वाधार विकास (सडक, सञ्चार, बिजुली), विद्यालय र अस्पतालहरू स्थापना, सरकारी कार्यालय र प्रशासनिक प्रणालीको स्थापना
– नेपालको सामन्ती र एक्लिएको अर्थतन्त्रलाई आधुनिकिकरण गर्ने लक्ष्य
– बजेट विदेशी सहायतामा आधारित, विशेषगरी भारत माथि निर्भर
-आन्तरिक राजस्वनिकै न्युन भयकोले बजेटको आकार पनि सानो

पहिलो बजेटमा भएका प्रयासहरुः
– विकासको आधार तयार
– आधुनिक पूर्वाधार निर्माण (सडक, विद्यालय, अस्पताल, सरकारी संस्था) सुरु
– योजनाबद्ध अर्थतन्त्रको सुरुवात
– आर्थिक योजना र बजेट निर्माणको औपचारिक प्रक्रिया पहिलो पटक
– आधुनिकीकरणमा जोड
– सामन्ती शासनपछि नेपाललाई आधुनिक बनाउने खाका तयार
– शिक्षा र स्वास्थ्यको प्रवद्र्धन
– वैदेशिक सहयोग र सम्बन्धको सुरुवात र विस्तार
– भविष्यका विकास योजना र पञ्चवर्षीय योजनाको मार्ग निर्देशन

 

 

 

Spread the love