काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन

 

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन् ।

विश्व सम्पदा दिवस तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै पर्यटकको प्रमुख गन्तव्यस्थल बौद्धमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्ट उषा गिरि लगायतको समूहले दि भानासा होटल एन्ड स्पाको चौथो तलामा सञ्चालन गरिएको हो ।
यहाँ जापानी कुकमार्फत तयार गरिएका विभिन्न परिकारका साथै जापानी सांस्कृतिक नृत्यको समेत प्रस्तुति रहने व्यवस्था गरिएको सञ्चालक पक्षले जनाएको छ । उद्घाटन समारोहमा नेपालस्थित जापानी समुदाय र विभिन्न क्षेत्रका नेपाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Spread the love