काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छःसोविता गौतम

काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउनु भयो । उहाँले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताउनु भयो । यसको निम्ति आफूले सकेको भुमिका निभाउने उहाँको भनाई छ ।
उहाँले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिनुभयो ।

Spread the love