काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

साउन १४, काठमाडौं । उपत्यका क्षेत्रको काठमाडौं महानगर भित्र आज बिहिवारदेखि फेरि भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो ।

पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ । खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

                                  हेरौं, कुन कुन स्थानमा खोपको सुबिधा छ ?

Spread the love