काठमाडौंमा शुक्रबार ३ सय ५० जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुग्यो

काठमाडौंमा मात्रै ३ सय ५० जना संक्रमित थपिएका छन । यस्तै भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएको उहाँले बताउनुभयो । आजसम्म ३६ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट १० हजार २ सय २९ जना परीक्षण गरिएको छ । आजसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ५२ प्रदेश नम्बर २ मा १ हजार ७ सय ७९, बागमती प्रदेशमा ३ हजार ९ सय २८ र गण्डकी प्रदेशमा ४ सय २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४४, कर्णाली प्रदेशमा ३ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ६२, बागमती प्रदेशमा १ हजार ६ सय १६ र गण्डकी प्रदेशमा १८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना रहेका छन । आइसियुमा १ सय ६४ जना उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ४१ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमतीमा ८१ जना, गण्डकीमा ३ र प्रदेश नम्बर ५ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना जना रहेका छन ।

आज १ सय ६९ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ३६, प्रदेश नम्बर २ मा ४ हजार ५ सय १७, बागमती प्रदेशमा ९ सय ६६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ८, कर्णाली प्रदेशमा २ हजार २९ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ९८ गरी देशभरी २० हजार २ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

क्वारेन्टिनमा प्रदेश नम्बर १ मा ७ सय ९५, प्रदेश नम्बर २ मा ९ सय २५, बागमती प्रदेशमा ७ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १, कर्णाली प्रदेशमा ४ सय ४१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय ५० जना गरी देशभरी क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन ।

Spread the love