काठमाडौं उडेको श्रीएयरको जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।
बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो ।
२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको श्रीएयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले जानकारी दिएका छन् । जहाज काठमाडौ.मा अवतरण गर्न नसकेपछि ९ः ३४ भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए ।
काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।
अढाई घण्टासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु अतालिएका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो ।
यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो ।

Spread the love