के छ आज, बिदेशी मुद्राको विनिमय दर ?

असार १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले दिएको जानकारी अनुसार, अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ ।

                     हेरौं आज, बिदेशी मुद्राको विनिमय दर ।

 

Spread the love