के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

                                          हेरौं आज, विनिमय दर ।

 

Spread the love