कोभिड–१९ को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको छ : गभर्नर अधिकारीले

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको बताउनुभएको छ ।

मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त गभर्नर अधिकारीले कोभिड–१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रतक्ष चुनौति राष्ट्र बैंक माथि हुने बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रलाई खराब अवस्थमा जान नदिन र नागरिकको विश्वासलाई जोगाउनका लागि धेरै खालका वित्तीय उपकरणहरु प्रयोग गरिने समेत बताउनुभयो ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा समक्ष मंगलबार बिहान सपथ ग्रहण गरेपछि गभर्नर अधिकारी बालुवाटार स्थित केन्द्रीय बैंकको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको थियो ।

Spread the love